
काठमाण्डौ । ओमानमा जारी ५ राष्ट्र सहभागी टि–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सले नेपालसामु १ सय ३४ रनको चुनौती प्रस्तुत गरेको छ । एमिरातस्थित क्रिकेट मैदानमा टस जितेको नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्स ३ बलअगावै १ सय ३३ रनमा समेटियो । डच टोलीका म्याक्स ओडोएडले ४३ रन बनाए । कोलिन एकरमनले २९, एन्टोनियो स्टेलले २१ रन जोडे ।
नेपालका सन्दिप लामिछाने र करण केसीले समान ४ तथा ललित नारायण राजवंशीले १ विकेट लिए । एक ब्याट्सम्यान रनआउट भएका थिए ।
१ सय ३४ रनको चुनौतीसहित नेपालले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।
