Logo

नारायणगढमा आजदेखि विकास रनिङ शिल्ड फुटबल सुरु हुदै

ई-खेलकुद २०७६ असोज ३० , बिहीबार ०९:१० मा प्रकाशित

चितवन । टुबोर्ग जेसीज विकाश रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता चितवनमा आज सुरु हुदैछ । नारायणगढ जेसीजको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा चितवन ११ र मकवानपुर ११ बिच प्रतिस्पर्धा हुनेछ । चितवनको नारायणगढस्थित क्याम्पा चौर मैदानमा दिउसो ३ बजे सुरु हुनेछ । प्रतियोगिातमा १० टोलीको सहभागीता रहेको छ ।

कात्तिक ९ गते सम्म चल्ने प्रतियोगिताको समुह एमा चितवन–११ सहित झापा–११, सशस्त्र प्रहरीको एपिएफ क्लब, मकवानपुर–११ र नेपाल आर्मी रहेका छन् । त्यस्तै संकटा क्लब, सरस्वती युवा क्लब काठमाडौं, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र भारतको युनाइटेड दार्जिलिंग क्लबले समुह बीको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगिताको विजेता टिमले ६ लाख ६ हजार ६६६ रुपैयाँ र उपविजेताले तीन लाख तीन हजार ३३३ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?