Logo

नाडेज्डा कप फुटबलमा नेपालले आज आयोजकसंग खेल्दै

ई-खेलकुद २०७६ भदौ २२ , आईतबार ०९:०९ मा प्रकाशित

काठमाण्डौ । किर्गीस्तानमा आजबाट सुरु हुने नाडेज्डा कप फुटबल प्रतियोगितामा नेपाली महिला टोलीले आफ्नो पहिलो खेलमा आयोजकसंग प्रतिस्पर्धा गर्दैछ । ४ राष्ट्र सहभागी प्रतियोगिताको दोस्रो खेलमा नेपाल र किर्गीस्तान प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाली समयानुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । दुबै टोली पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।
त्यसअघि प्रतियोगिताको उद्घाटन खेलमा दिउँसो १२ बजे उज्वेकिस्तान र ताजाकिस्तान, सोहि मैदानमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता खेल्न नेपाली टोली बिहिबार नै आयोजनास्थल पुगीसकेको छ । नेपाली महिला टोलीले दोस्रो खेलमा भोली उज्वेकिस्तान र तेस्रो खेलमा पर्सी ताजाकिस्तानको सामना गर्नेछ । तेस्रो स्थान र फाईनल पतिस्पर्धा भने बिहिबार हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?