
काठमाण्डौ । किर्गीस्तानमा जारी नाडेज्डा कप फुटबलमा नेपालले आज ताजाकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । फाइनल प्रबेशका लागि महत्वपुर्ण मानिएको खेलमा नेपालले कमजोर प्रतिद्धन्दीसंग खेल्न लागेको हो । काराकोल रंगशालामा नेपाली समयानुसार मध्यानह १२ बजे हुने खेलमा नेपाललाई बराबरीको नतिजा नै फाइनल प्रबेशका लागि पर्याप्त बन्ने छ । पहिलो खेलमा आयोजक किर्गीस्तानलाई ८–२ को फराकिलो अन्तरले हराएको नेपाल, हिजो भएको खेलमा उज्वेकिस्तानसंग २–० ले स्तब्ध भएको थियो ।
ताजाकिस्तानलाई हराउन सके, फाइनलमा नेपालले पुन उज्वेकिस्तानसग खेल्नेछ । फाइनल र तेस्रो स्थानको प्रतिस्पर्धा भने पर्सी हुनेछ । प्रतियोगितामा ४ राष्ट्र सहभागी छन् । नेपालले यो प्रतियोगितालाई आसन्न १३ औ दक्षिण एसियाली खेलकुद सागको तयारीका रुपमा लिएको छ ।
