Logo

नाडेज्डा कप फुटबलमा नेपालले आज उज्वेकिस्तानसंग प्रतिस्पर्धा गर्ने

ई-खेलकुद २०७६ भदौ २३ , सोमबार ०९:०९ मा प्रकाशित

काठमाण्डौ । किर्गीस्तानमा जारी नाडेज्डा कप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज बलियो टोली उज्वेकिस्तानसंग खेल्दैछ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाली समयानुसार मध्यान्ह १२ बजे खेल सुरु हुनेछ । पहिलो खेलमा ताजाकिस्तानलाई १२–० को फराकिलो अन्तरले हराएको उज्वेकिस्तान नेपालबिरुद्ध सहज जितको खोजीमा मैदान उत्रने छ । आयोजक किर्गीस्तानलाई ८–२ ले हराएको नेपालपनि उज्वेकिस्तानलाई बलियो चुनौती प्रस्तुत गर्दै फाइनलमा स्थान बनाउने योजनामा छ ।
आजै आयोजक किर्गीस्तान र ताजाकिस्तानबिच पनि प्रतिस्पर्धा हुनेछ । ४ राष्ट्र सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने २ टोलीबिच उपाधि भिडन्त हुनेछ । पुछारका २ टोली तेस्रो स्थानका लागि भिड्ने छन् ।
नेपालले भोली ताजाकिस्तानसंग समुहचरणको अन्तिम खेल खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?