Logo

नाडेज्डा कप फुटबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै

ई-खेलकुद २०७६ भदौ २६ , बिहीबार ०६:०९ मा प्रकाशित

काठमाण्ठौ । किर्गीस्तानमा जारी नाडेज्डा कप फुटबलको उपाधिका लागि नेपाली महिला टोलीले आज बलियो टोली उज्वेकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाली समयानुसार अपरान्ह पौने ४ बजे उपाधि भिडन्त सुरु हुनेछ । समुह चरणमा पनि भिडेका यी दुई टोली २ दिनलगत्तै उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।
सो खेलमा नेपाल २–० ले पराजित भएको थियो । सोहि हारको बदला फाइनलमा लिदै पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने योजनामा नेपाली टोली रहेको छ । ४ राष्ट्र सहभागी प्रतियोगिताको समुहचरणमा नेपालले आयोजक किर्गीस्तानलाई ८–२ ले तथा ताजाकिस्तानलाई १–० ले पराजित गरेको थियो ।
डिफेन्सको गल्तीका कारण पराजय भोगेको उज्वेकिस्तानबिरुद्ध त्यसलाई सुधार गर्दै उपाधि जित्न नेपाललाई अवसर पनि मिलेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?