
काठमाण्डौ । किर्गीस्तानमा जारी नाडेज्डा कप फुटबलको उपाधिका लागि अहिले नेपाल र उज्वेकिस्तानबिच प्रतिस्पर्धा भईरहेको छ । काराकासस्थित सेन्ट्रल स्टेडियममा खेलको पहिलो हाफ सकिदा नेपाल १–० ले पछि परेको छ ।
खेलको ३९ औ मिनेटमा गोल गर्दै उज्वेकिस्तानले अग्रता बनाएको हो । पहिलो हाफमा नेपालले खेलमा फर्कने प्रयास गरेपनि सफल भने हुन सकेन् । फाइनलमा पनि नेपालले पहिलो गोल रक्षापक्तिको गल्तीका कारण खाएको थियो । समुह चरणमा भएको भेटमा उज्वेकिस्तानले नेपाललाई २–० ले हराएको थियो ।
