Logo

नाडेज्डा कपको उपाधि उज्वेकिस्तानलाई, नेपाल ३–२ ले पराजित

ई-खेलकुद २०७६ भदौ २६ , बिहीबार ०५:०९ मा प्रकाशित

काठमाण्डौ । किर्गीस्तानमा जारी नाडेज्डा कप फुटबलको उपाधि उज्वेकिस्तानले जितेको छ । आज भएको फाइनलमा नेपाललाई ३–२ गोल अन्तरले हराउदै उज्वेकिस्तानले उपाधि हात पारेको हो ।
काराकासस्थित सेन्ट्रल स्टेडियममा खेलको पहिलो हाफमा १–० को अग्रता बनाएको उज्वेकिस्तानले दोस्रो हाफमा २ गोल गर्दै समान गोल खाएको थियो । ३९ औ मिनेटमा पहिलो गोल गरेको उज्वेकिस्तानले ५५ र ६३ औ मिनेटमा गोल गर्दै ३–० को अग्रता बनाएको थियो ।
६७ औ मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै अन्तर घटाएकी थिईन । उनैले ईज्युरी समयमा पाएको पेनाल्टिको अवसरलाई जाली चुमाउदै नेपाललाई ३–२ को अवस्थामा पुर्याईन । त्यसपछि दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो ।
यो संगै नेपाली महिला टोलीको पहिलो अन्तराष्ट्रिय उपाधि जित्ने सपना चकनाचुर भयो । समुह चरणमा भएको भेटमा पनि उज्वेकिस्तानले नेपाललाई २–० ले हराएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?