Logo

नाडाल, जोकोभिच र स्वार्जमेन क्वार्टरफाईनलमा

ई-खेलकुद २०७८ जेठ २५ , मंगलबार ०६:०६ मा प्रकाशित

एजेन्सी । स्पेनी राफायल नाडाल, सर्बियन नोभाक जोकोभिच र अर्जेन्टिनी डिएगो स्वार्जमेन फ्रेन्च ओपन टेनिसको क्वार्टरफाईनलमा प्रबेश गरेका छन् । गएराती भएको अन्तिम १६ को प्रतिस्पर्धामा नाडालले ईटालिका जानिक सिन्नरलाई सोझो सेटले हराउदै अघिल्लो चरणको यात्रा निश्चित पारे । पहिलो सेटमा ७–५ को संर्घषपुर्ण जित निकालेका नाडालले त्यसपछिका सेटमा ६–३ र ६–० को सहज नतिजा निकाले ।
ईटालीकै लोरेन्जो मुसेट्टी रिटायर्ट हर्ट भएपछि सर्बियन जोकोभिचले अन्तिम आठको यात्रा तय गरे । प्रतिस्पर्धात्मक खेलमा दुबैले २–२ सेट जितेपछि अन्तिम सेट चलिरेका बेला मुसेट्टी रिटायर्ट हर्ट भएका थिए ।
स्वार्जमेनले जर्मनीका जेन लिनार्ड स्ट्रफलाई सोझो सेटले स्तब्ध पारे । प्रतिस्पर्धात्मक खेलमा स्वार्जमेनले ७–६, ६–४ र ७–५ को जित निकाल्दै क्वार्टरफाईनलमा स्थान सुरक्ष्ँित गरेका हुन् ।
चोटका कारण स्वीस रोजर फेडेररले चौथो चरणबाट नाम फिर्ता लिएपछि ईटालीका माटियो बेरेट्टीनी वाल्कओभर पाउदै अन्तिम आठमा प्रबेश गरे ।
महिला एकलतर्फको खेलमा जित निकाल्दै अमेरिकी कोरी गौफ, ग्रीसकी मारिया साकिरी र पोल्याण्डकी ईगा स्वाटेकले क्वार्टरफाईनल यात्रा तय गरेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?