Logo

नाडाल एटीपी टेनिसको सेमिफाईनलमा

ई-खेलकुद २०७७ मंसीर ५ , शुक्रबार ०८:११ मा प्रकाशित

एजेन्सी । दोस्रो वरियताका स्पेनी राफायल नाडाल एटीपी फाईनल्सको सेमिफाईनलमा प्रबेश गरेका छन् । लण्डनमा गएराती भएको क्वार्टरफाईनलमा डिफेण्डिङ च्याम्पियन समेत रहेका ग्रीसका स्टेफानोस सितसिपासलाई २–१ को सेटले हराउदै नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

पहिलो सेटमा ६–४ को जित निकालेका नाडालले दोस्रो सेट ४–६ ले सितसिपासलाई सुम्पिएका थिए । तेस्रो सेटमा ६–२ को सहज जित निकाल्दै नाडालले अघिल्लो चरणको यात्रा तय गरेका हुन् । २० पटकका ग्राण्डस्लाम विजेता नाडालले सेमिफाईनलमा रसियन डानिएल मेदभेदेवसंग खेल्नेछन् ।

एटीपी फाईनल्स राफायल नाडाल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?