Logo

नाडालले जिते युएस ओपन टेनिसको उपाधि

ई-खेलकुद २०७६ भदौ २३ , सोमबार ०९:०९ मा प्रकाशित

एजेन्सी । युएस ओपन टेनिसको उपाधि स्पेनी राफायल नाडालले जितेका छन् । आज भएको सनसनीपुर्ण फाइनलमा पाचौ वरियताका रसियन डानिएल मेदभेदेवलाई ३–२ को सेटले हराउदै नाडालले १९ औ ग्राण्डस्लाम उपाधि जितेका हुन् । पहिलो र दोस्रो सेटमा ७–५ र ६–३ को जित निकालेका नाडालले त्यसपछिका दुई सेट ५–७ र ४–६ ले मेदभेदेवलाई सुम्पिएका थिए । अन्तिम सेटमा ६–४ को जित निकाल्दै नाडालले चौथो पटक युएस ओपनको उपाधिमा आफ्नो नाम लेखाएका हुन् । मेदभेदेवलाई पराजित गर्न नाडालले ४ घण्टा ५० मिनेट कोर्टमा संर्घष गर्नुपरेको थियो ।
सर्बाधिक ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको सुचीमा दोस्रो स्थानमा रहेका नाडाल, शीर्ष स्थानमा रहेका रोजर फेडेरर भन्दा एक उपाधि मात्र टाढा रहेका छन् ।
यसअघि महिला एकलतर्फको उपाधि क्यानाडाकी वियान्का एण्ड्रेस्क्युले हात पारेकी थिईन् । अमेरिकी सेरेना विलियम्सलाई सोझो सेटले हराउदै उनले पहिलो पटक ग्राण्डस्लामको उपाधि हात पारेकी हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?