Logo

नाटकिय जित निकाल्दै रियल फाइनलमा,उपाधिका लागि लिभरपुलसँग खेल्ने

ई-खेलकुद २०७९ वैशाख २२ , बिहीबार ०७:०५ मा प्रकाशित

एजेन्सी । रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा गएराती भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेष्टर सिटीलाई ३–१ गोल अन्तले हराउँदै रियल समग्रमा ६–५ को नतिजासहित उपाधि नजिक पुगेको हो ।

नाटकिय खेलमा सिटीले बनाएको १–० को अग्रता जोगाउन सकेन् । ७३ औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ९० औं मिनेटमा रोड्रिगोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको एक मिनेटपछि उनैले अर्को गोल गरेपछि रियल २–१ को अवस्थामा पुग्यो ।

अतिरिक्त समयमा पाएको पेनाल्टिको अवसरलाई करिम बेन्जीमाले जाली चुमाउँदै टोलीलाई फाइनलसम्म पुर्याए । सेमिफाइनलको पहिलो लेगमा सिटीले ४–३ को जित निकालेको थियो । दोस्रो लेगमा भोगेको हारले उसको यात्रा सेमिफाइनल चरणमै सिमित बनेको हो ।

च्याम्पियन्स लिगको उपाधिका लागि रियल र लिभरपुलबीचको खेल मे २९ मा हुनेछ । लिभरपुलले भियारियललाई हराउँदै उपाधि यात्रा तय गरिसकेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?