Logo

नवौ राष्ट्रिय खेलकुदमा प्याराग्लाईडिङसहित ३६ खेल समावेश

ई-खेलकुद २०७९ वैशाख ९ , शुक्रबार ०३:०४ मा प्रकाशित

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड बैठकले गण्डकी प्रदेशमा जेठ तेस्रो साताबाट हुने प्रतियोगीतामा ३६ खेल समाबेश गर्ने निर्णय गरेको हो । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बसेको बैठकले प्रतियोगीतामा थप दुई प्रर्दशनी खेल आयोजना गर्ने निर्णय पनि गरेको छ ।
नवौ खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन र सुटिङ खेल समावेश हुनेछन् । त्यस्तै पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल र शारीरिक सुगठनका पनि स्पर्धा हुनेछन् । बुद्धिचाल, खो खो, कराते, फुटबल,कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन र प्याराग्लाईडिङ पनि नवौ खेलकुदमा समाबेश हुनेछन् ।
ठेलो र क्यानोइङलाई भने प्रदर्शनी खेलको रुपमा राखिएको छ । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।
बोर्ड बैठकले प्रतियोगिता सञ्चालनका लागि आवश्यक निर्देशिका पारित समेत गरेको छ । त्यस्तै संघ संस्थाको निर्देशिका पनि पारित भएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?