Logo

नवयुगले ए डिभिजन लिग गुमाउने

ई-खेलकुद २०७८ कात्तिक २४ , बुधबार ०३:११ मा प्रकाशित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबका स्ट्राइकर नवयुग श्रेष्ठले ए डिभिजन लिग गुमाउने भएका छन् । चोटका कारण उनले अर्को साताबाट सुरु हुने लिग गुमाउने भएका हुन् । यो सिजनको लिग कात्तिक २७ गतेबाट सुरु हुँदैछ । आर्मी क्लबले मंगलबार श्रेष्ठले लिग गुमाउन सक्ने जनाउ दिएको थियो । चिकित्सकसँगको परामर्शपछि उनले लिग गुमाउने निश्चित भएको हो ।
नवयुग प्रि–सिजनअन्तर्गत ब्रिगेड ब्वाइज क्लबसँगको मैत्रीपूर्ण खेलका क्रममा घाइते भएका थिए । घुँडामा चोट बोकेका उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले जनाएका छन् । शल्यक्रियापछि पनि उनले केहि समय आराम गर्नुपर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?