Logo

धरान एफसी डाँगीहाट गोल्डकपको सेमिफाइनलमा

ई-खेलकुद २०७६ कात्तिक ४ , सोमबार ०६:१० मा प्रकाशित

विवेक मिश्र / लक्ष्मीमार्ग । धरान फुटबल क्लबले मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आज भएको दोस्रो क्वार्टरफाइनलमा जिपीएससी सिरहालाई ३–१ गोल अन्तरले हराउदै धरानले अन्तिम चारको यात्रा तय गरेको हो ।
धरानको जितमा बर्तमान राई, बुद्ध चेम्जोङ र प्रकास बुढाथोकीले १–१ गोल गरे । सिराहका दिनेस राईले सान्त्वना गोल फर्काए । निक्कै प्रतिस्पर्धात्मक खेलको ३२ औ मिनेटमा बर्तमान राईले गोल गर्दै धरानलाई अग्रता दिलाएका थिए । ४८औ मिनेटमा बुद्ध चेम्जोङले गोल गरेपछि धरानले अग्रता दोब्बर पारेको थियो । वान भर्सेज वानको अवस्थामा उनले बललाई पोष्टको दिशा दिएका थिए । लगत्तै सिरहाका दिनेस राईले गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर निर्धारित समयभित्र उसले अन्य अवसर सदुपयोग गर्न सकेन् । खेलको ईन्ज्युरी समयमा प्रकाश बुढाथोकिले बललाई जाली चुमाउदै टोलीको जित निश्चित पारेका थिए ।
खेलमा धरान एफसीका प्रकाश बुढाथोकी म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैया प्राप्त गरे । आयोजक डाँगीहाट फुटवल क्लका अध्यक्ष छत्र लिम्बुका अनुसार भोली ब्वाईज युनियन काठमाण्डौँ र आयोजक निलो बिच प्रतिस्पर्धा हुनेछ । आठ टिमले सहभागिता जनाएको प्रतियोगितामा विजेता हुने टिमले ३ लाख १ हजार र उपबिजेताले २ लाख १ हजार हात पार्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?