Logo

धनगढी प्रिमियर लिग डिपिएलको चौथो संस्करण फागुन पहिलो साता हुने

ई-खेलकुद २०७६ असोज १६ , बिहीबार ०४:१० मा प्रकाशित

काठमाण्डौ । धनगढी प्रिमियर लिग क्रिकेट डिपीएलको चौथो संस्करण फागुन पहिलो साता हुने भएको छ । प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडमीले आज प्रेस विज्ञप्ति निकाल्दै चौथो संस्करणको प्रतियोगिता फागुन ३ देखी १५ गते सम्म गर्ने जनाएको हो ।
सर्बाधिक पुरस्कार राशीको प्रतियोगिताका सबै खेलहरु धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । ६ सहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको अघिल्लो संस्करणको विजेताले ३० लाख रुपैया हात पारेको थियो ।
यसपटकको पुरस्कार राशीबारे भने आयोजकले कुनै जानकारी दिएको छैन् । यद्यपी पुरस्कार राशीमा भने बृद्धि हुने आयोजकले जनाएको छ । अघिल्लो संस्करणको उपाधि सिवाइसी अत्तरियाले जितेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?