Logo

धनकुटा गोल्ड कपको पहिलो संस्करण आज सुरु हुदै

ई-खेलकुद २०७६ मंसीर २६ , बिहीबार ०९:१२ मा प्रकाशित

धनकुटा । धनकुटा गोल्ड कप फूटबल प्रतियोगिताको पहिलो संस्करण आज सुरु हुदैछ । धनकुटाको हिलेमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक हिले क्लब धनकुटा र धरान फुटबल फ्रेन्च क्लब प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल स्थानिय विद्यालयको खेल मैदानमा बिहान साढे १० बजे सुरु हुनेछ ।
३० गते सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजकसंगै युनाईटेड युथ इलाम, युस क्लब मोरङ, धरान फूटबल फ्रेन्च क्लब, नेपाल आर्मी, सुनसरीको दुहवी क्लब र रोयल स्पोर्टिङ क्लब झापाले प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?