Logo

धनकुटा गोल्ड कपको उद्घाटन खेलमा आयोजक र धरान भिड्ने

ई-खेलकुद २०७६ मंसीर २५ , बुधबार ०९:१२ मा प्रकाशित

धनकुटा । धनकुटा गोल्ड कप फूटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक हिले क्लब धनकुटा र धरान फुटबल फ्रेन्च क्लब भिड्ने भएका छन् । भोलीबाट सुरु हुने प्रतियोगिताका सबै खेलहरु हिलेस्थित स्थानिय विद्यालयको खेल मैदानमा हुनेछ । ३० गते सम्म चल्ने प्रतियोगितामा ८ टोलीले सहभागीता जनाउने छन् । प्रतियोगितामा आयोजकसंगै युनाईटेड युथ इलाम, युस क्लब मोरङ, धरान फूटबल फ्रेन्च क्लब (डिएफएफसी), नेपाल आर्मी, सुनसरीको दुहवी क्लब र रोयल स्पोर्टिङ क्लब झापाले सहभागीता जनाएका छन् । हिले फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैया हात पार्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?