Logo

दोस्रो हाफमा पनि नेपालले गोल थप्यो, ताईपेईबिरुद्ध नेपाल २–० ले अघि

ई-खेलकुद २०७६ भदौ २४ , मंगलबार ०६:०९ मा प्रकाशित

काठमाण्डौ । विश्वकप छनोट अन्र्तगत चाईनिज ताईपेईविरुद्धको खेलमा नेपालले अग्रता दोब्बर पारेको छ । ताईपेईको घरेलु मैदानमा खेलको दोस्रो हाफ जारी रहदा नेपालले २–० को अग्रता बनाएको छ । नेपालका लागि दुबै गोल अञ्जन बिष्टले गरे । तेस्रो मिनेटमै हेडबाट गोल गर्दै बिष्टले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । ६२ औ मिनेटमा उनैले अर्को गोल गरेपछि नेपाल २–० ले अघि रहेको हो ।
निक्कै सुधारिएको खेल खेलेको नेपालले ताईपेईको दबाव खेपे पनि उसलाई कुनै मौका भने दिएको छैन् । प्रशिक्षक योहान कालिनले आजको खेलमा प्लेईङ सेटमा केहि परिवर्तन गर्दै टोलीलाई मैदान उतारेका छन् । पहिलो खेलमा कुवेतसंग फराकिलो हार भोगेको नेपाल, दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?