Logo

दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल र बंगलादेशको बराबरी

ई-खेलकुद २०७८ भदौ २७ , आईतबार ०७:०९ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेल गोलरहित बराबरीमा सकिएको हो । बिहिबार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो। खेलमा सुरुवातबाटै दुबै टोलीले केहि राम्रा अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफमा बंगलादेशले दबावपुर्ण खेल खेलेपनि अवसर सृजना गर्न सकेन् । दोस्रो हाफमा भने नेपाल खेलमा हाबी भएको थियो । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। प्रतियोगीतामा भाग लिन नेपाली टोली भोली त्यसतर्फ प्रस्थान गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?