Logo

दोस्रो दिनको पहिलो सेसनमै एमसीसी अलआउट, ज्ञानेन्द्र डक आउट

ई-खेलकुद २०७६ कात्तिक २१ , बिहीबार ११:११ मा प्रकाशित

काठमाण्डौ । नेपालसंगको तीन दिवसीय क्रिकेटको पहिलो ईनिङसमा भ्रमणकारी टोली एमसीसी ३ सय ६४ रनमा समेटिएको छ । पहिलो दिन हिजो ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको एमसीसीले थप ५३ रन जोड्दा बा“कि ४ विकेट गुमाएको हो । दोस्रो दिन करण केसी चम्किदै ३ विकेट चट्काएपछि भ्रमणकारी टोली ३ सय ६४ रनमा अलआउट भयो । अर्को विकेट सन्दिप लामिछानेले दिए । एमसीसीका यासिर आराफात ६५ रनमा अविजित रहे । पहिलो दिन हिजो ३ ब्याट्सम्यानले अर्धशतक बनाएपछि भ्रमणकारी टोली बलियो अवस्थामा पुगेको हो । उसका विल रोड्सले ७३, मिल्स हाम्मोण्डले ५२ र वील भाण्डरस्परले ५३ रन बनाएका थिए ।
पहिलो ईनिङसमा नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३ तथा सोमपाल कामी र शरद भेषावकरले समान २ विकेट लिए ।
दोस्रो दिनको पहिलो सेसनबाटै नेपालले आफ्नो पहिलो ईनिङस सुरु गरेको छ । डेब्यु खेलमा कप्तान ज्ञानेन्द्र मल्ल खाता नै नखोली पभेलियन फर्किएका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?