Logo

दोस्रो दिनको खेल सकिदा एमसीसीलाई ३ सय २ रनको अग्रता

ई-खेलकुद २०७६ कात्तिक २१ , बिहीबार ०५:११ मा प्रकाशित

काठमाण्डौ । नेपालबिरुद्धको तीन दिवसीय क्रिकेटको दोस्रो दिनको खेल सकिदा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ३ सय २ रनको अग्रता बनाएको छ । दोस्रो दिननै नेपाललाई १ सय ५३ रनमा समेट्दै आफ्नो दोस्रो ईनिङस सुरु गरेको भ्रमणकारी टोली दिनको खेल सकिदा ९१–२ को बलियो अवस्थामा पुगेको छ । पवन सर्राफ र ललितनारायण राजवंशीले दोस्रो ईनिङसमा एक एक विकेट लिएका छन् । ओपनर विल रोड्स ३० र बिली गोडलम्यान ३९ रनमा पभेलियन फर्किएका छन् ।
यसअघि आजै आफ्नो पहिलो ईनिङस थालेको नेपालले १ सय ५३ रन मात्र बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३९ रनको शानदार ईनिङस खेले । भरपर्दा ब्याट्सम्यानले लज्जास्पद ब्याटिङ गरेको ईनिङसमा मात्र २१ ब्ल खेल्दै सन्दिपले ४ छक्का र २ चौका प्रहार गर्दै नेपाललाई सहज योगफलसम्म पुर्याएका थिए । सन्दीपले र ललित नारायण राजवंशीसंग ४२ रनको साझेदारी गरेका थिए । विनोद भण्डारीले ३६, सोमपाल कामीले २६ रन बनाए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?