Logo

दोस्रो टि–२० क्रिकेटमा ईण्डियाबिरुद्ध वेष्टईण्डिजको सहज जित

ई-खेलकुद २०७६ मंसीर २३ , सोमबार ०९:१२ मा प्रकाशित

एजेन्सी । ईण्डियाबिरुद्धको दोस्रो टि–२० क्रिकेटमा भ्रमणकारी टोली वेष्ट ईण्डिज विजयी भएको छ । गएराती भएको खेलमा घरेलु टोलीलाई ८ विकेटले हराउदै क्यारेबियन टोलीले ३ म्याचको सिरिज एक एकको बराबरीमा पुर्याएको हो । ईण्डियाले दिएको १ सय ७१ रनको चुनौती वेष्टईण्डिजले ९ बल अगावै २ विकेट गुमाएर भेट्टायो ।
लेण्डल सिमोन्स ६७ र निकोलस पुरन ३८ रनमा अबिजित रहदै टोलीलाई सहज जित दिलाए । ईभिन लिविसले ४० र सिमरोन हेटमेरले २३ रनको योगदान गरे । ईण्डियाका रबिन्द्र जडेजा र वासिन्टन सुन्दरले एक एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको ईण्डियाले ७ विकेट गुमाएर १ सय ७० रनको उच्च योगफल तयार पारेको थियो । उसका शिभम दुवेले ५४ र रिषब पन्तले अबिजित ३३ रन बनाए । वेष्टईण्डिजका हेडेन वाल्स र केसरिक विलियम्सले समान २ विकेट लिए । यी २ राष्ट्रबिचको तेस्रो तथा निर्णायक टि–२० बिहिबार मुम्बईमा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?