Logo

दोस्रो जितसंगै चितवन तालिकाको शीर्ष स्थानमा

ई-खेलकुद २०७६ पुस ३ , बिहीबार ०३:१२ मा प्रकाशित

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा चितवन राईनोजले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा बुटवल ब्लास्टर्सलाई १ सय १९ रनले हराउदै चितवन तालिकाको शीर्ष स्थानमा कायम रहेको हो ।
२ सय ४ रनको फराकिलो लक्ष्य पछ्याएको बुटवल ८ बल अगावै ८४ रनमा समेटियो । शिबम सिंहले सर्वाधिक ३३ रन बनाएको बुटवलको ईनिङसमा भिम सार्कीले २१ र हरि चौहानले १२ रन बनाए । बुटवललाई सामान्य स्कोरमा रोक्न करण केसीले ४ र रोहन मुस्तफाले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ३ विकेट गुमाएर २ सय ३ रनको विशाल योगफल तयार पारेको थियो । पीपीएलकै सर्बाधिक स्कोर बनाउने क्रममा रोहन मुस्तफाले अविवजत ७० र कप्तान पारस खड्काले ६३ रनको योगदान गरे ।

ओपनरका रुपमा आएको यो जोडीले पहिलो विकेटका लागि शतकिय साझेदारी गरेको थियो । आरिफ शेखले ४० रन बनाए । बुटवलका अफताबुद्दीन अहमेदले २ तथा अविनास बोहराले १ विकेट लिए । २ खेलमा शतप्रतिशत नतिजासंगै चितवन तालिकाको शीर्ष स्थानमा रहेको छ । बुटवलको भने प्रतियोगितामा पहिलो हार हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?