
काठमाण्डौ । लेगस्पिनर सन्दिप लामिछानेले युएईमा जारी टि–१० क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन् । कर्नाटका टस्कर्समा आबद्ध सन्दिपले दोस्रो खेलमा पनि विकेट हात पारेका हुन् । बंगला टाईगर्सबिरुद्धको खेलमा उनले बंगलाका महत्वपुर्ण २ विकेट लिएका हुन् । बिष्फोटक ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई ४० रनको ब्यक्तिगत स्कोरमा विकेटकिपरबाट स्टम्पीङ गराएका लामिछानेले तिसरा परेरालाई ३ रनमा पभेलियनको बाटो देखाए । उनैको बलिङमा बंगलाका एक ब्याट्सम्यान रनआउट पनि भए ।
आफ्नो स्पेलमा उनले मात्र ९ रन खर्चेर सो सफलता हात पारेका हुन् ।
