
काठमाण्डौ । नेपालबिरुद्धको तीन दिवसीय क्रिकेटको दोस्रो ईनिङसमा पनि मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले गतिलो ब्याटिङ गरेको छ । दोस्रो दिन नेपाललाई १ सय ५३ रनमा अलआउट गर्दै दोस्रो ईनिङस सुरु गरेको एमसीसीले ११ औ ओभरमा पहिलो विकेट गुमाएपनि वीली गोल्डेम्यान र टम विस्ट्लीले उत्कृष्ट साझेदारी गर्दै टोलीको रन उकासिरहेका छन् । पवन सर्राफले पहिलो विकेट लिएका छन् ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दोस्रो दिनको पहिलो सेसनमा एमसीसीलाई अलआउट गरेर ब्याटिङ थालेको नेपाल ४४ ओभर ४ बलमा १ सय ५३ रनमात्र बनाएको थियो । नेपाल पहिलो इनिङ्समा २ सय ११ रनले पछि परेको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३९ रन बनाए । एमसीसीका लागि चार खेलाडीले अर्धशतक बनाए ।
