Logo

दोब्बरले बढ्यो राष्ट्रिय भलिबल प्रतियोगिताको पुरस्कार

ई-खेलकुद २०७८ चैत्र २२ , मंगलबार ०४:०४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय भलिबल प्रतियोगिताको पुरस्कार राशीमा दोब्बरले बृद्धि भएको छ । नेपाल भलिबल संघले बैसाख तेस्रो साताबाट हुने छैटौ संस्करणको प्रतियोगिताको पुरस्कार राशी बृद्धि गरेको हो । प्रतियोगिता राखेपको कभर्ड हलमा आगामी बैसाख १८ देखी २४ गतेसम्म हुनेछ ।
यसबर्षको उपाधि विजेता टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैया प्राप्त गर्नेछन् । संघले आज राजधानीमा पत्रकार सम्मेलन गरि यो जानकारी दिएको हो । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ५ टिम सहभागी हुने नेपाल संघका महासचिव जितेन्द्र चन्दले बताए । उत्कृष्ट विधातर्फ सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार पाउनेछन् । उपत्यका बाहिरबाट लिगमा छनौट भएका क्लवहरुलाई प्रोत्साहन एवं बाटो खर्च स्वरुप ७० हजार रुपैयाँ दिने संघले जनाएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?