Logo

दिल्ली क्यापिटल्सले सन्दिपलाई गर्यो रिटेन, आश्विन र राहाने टोलीका नयाँ सदस्य

ई-खेलकुद २०७६ कात्तिक २९ , शुक्रबार ०६:११ मा प्रकाशित

एजेन्सी । दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई रिटेन गरेको छ । यसअघिका २ सिजन दिल्लीबाटै आईपीएल खेलेका लामिछानेलाई दिल्लीले यो सिजनका लागि पनि रिटेन गरेको हो । दिल्लीले अघिल्लो सिजन टोलीमा रहेका १४ खेलाडीलाई आज रिटेन गरेको हो । उसले ब्याट्सम्यानहरु रिषब पन्त, शिखर धवन, पृथ्वी शँसंगै विकेट किपर ब्याट्सम्यान रिषब पन्तलाई पनि रिटेन गरेको छ । त्यस्तै बलरहरुमा ईशान्त शर्मा, अमित मिश्रा, सन्दिप लामिछाने र कासीगो राबाडालाई टोलीमै राखेको हो ।
अलराउण्डरतर्फ केमो पउल, अक्सर पटेल र हर्षल पटेललाई रिटेन गरेको छ । यसपटक नयाँ खेलाडीको रुपमा रबिचन्द्रन आश्विन र अज्याक्था रहानेलाई दिल्लीले भित्र्याएको छ ।
योसंगै सन्दिपले यो सिजनपनि न्युनतम मुल्यमै आईपीएल खेल्ने भएका छन् । २०१७ को सिजन दिल्लीले २० लाखको बेस प्राईसमा सन्दिपलाई टोलीमा राखेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?