Logo

दिमित्रोभ र बेरेटिनी युएस ओपन टेनिसको सेमिफाइनलमा, फेडेरर बाहिरिए

ई-खेलकुद २०७६ भदौ १९ , बिहीबार ०६:०९ मा प्रकाशित

एजेन्सी । बुल्गेरियन ग्रीगोर दिमित्रोभ र ईटालीका म्यातु बेरेटिनी युएस ओपन टेनिसको सेमिफाइनलमा प्रबेश गरेका छन् । स्विस रोजर फेडेररलाई ३–२ को सेटले हराउदै दिमित्रोभले सेमिफाईनल यात्रा तय गरेका हुन् । पहिलो सेट ३–६ ले गुमाएका दिमित्रोभले दोस्रो सेटमा ६–४ को जित हात पारे । तेस्रो सेटमा फेडेररले ६–३ को जित हात पार्दै खेलमा अग्रता कायम गरेका थिए । चौथो र पाचौ सेटमा ६–४ र ६–२ को सहज जित निकाल्दै दिमित्रोभले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
बेरेटिनीले फ्रान्सका गील मोन्फिल्सलाई ३–२ को सेटले हराउदै अन्तिम चारको यात्रा तय गरे । पहिलो र चौथो सेट मोन्फिल्सलाई सुम्पिएका बेरेटिनीले बाकि सेटमा जित हात पार्दै सेमिफाइनल प्रबेश गरेका हुन् ।
महिला एकलतर्फको खेलमा जित हात पार्दै स्विस बिलिन्दा वेन्सीक सेमिफाइनलमा प्रबेश गरेकी छन् । क्रोएसियाकी डोना भेकीलाई सोझो सेटले हराउदै वेन्सीकले अघिल्लो चरणको यात्रा तय गरेकी हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?