Logo

दिपेन्द्र अलराउण्डरतर्फ विश्व वरीयताको नवौ स्थानमा

ई-खेलकुद २०७९ असार १ , बुधबार ०५:०६ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्र सिंह ऐरीको वरीयता सुधार भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले सार्वजनिक गरेको टी–२० अलराउण्डरतर्फको पछिल्लो वरीयतामा दिपेन्द्र एक स्थान माथी चढ्दै नवौ स्थानमा पुगेका हुन् ।

अघिल्लो पटक उनी वरीयताको १० औं स्थानमा थिए । नेपाली क्रिकेटरले पाएको यो हालसम्मकै उच्च वरीयता हो । टी–२० तर्फको ब्याटिङ वरीयतामा रहेका कुशल भुर्तेल अघिल्लो वरीयता सुधार्दै ३९ औं स्थानमा उक्लिएका छन् ।

ब्याटिङतर्फ दिपेन्द्र ४३ औं र आसिफ शेख ९८ औं स्थान रहेका छन् । बलिङतर्फको वरीयता नेपालका कप्तान सन्दीप लामिछाने ३९ औं स्थानमा यथावत रहँदा अविनास बोहराले स्थान सुधार गरेका छन् । उनी वरीयताको ९० औं स्थानमा उक्लिएका हुन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?