Logo

दिपक बिष्टको किर्तिमान गौरिकाले एउटै सागमा बराबरी गरिन, सय मिटर फ्रिस्टाईलमा स्वर्ण

ई-खेलकुद २०७६ मंसीर २३ , सोमबार ०५:१२ मा प्रकाशित

काठमाण्डौ । नेपालकी पौडीबाज गौरिका सिंहले एउटै सागबाट दिपक बिष्टको किर्तिमान बराबरी गरेकि छिन् । आज भएको १ सय मिटर फ्रिस्टाईलमा स्वर्ण जित्दै साग खेलकुदमा सर्बाधिक स्वर्ण जित्ने बिष्टको किर्तिमान बराबरी गरेकि हुन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा किर्तिमानी स्वर्ण जित्न उनले ५८ दशमलब १३ सेकेण्डको टाईमिङ निकालिन । उनले भारतकी शिवांगी शर्मालाई पछि पार्दै ऐतिहासिक स्वर्ण हात पारेकी हुन् । यसअघि गौरिकाले ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?