Logo

दार्जेलिङलाई हराउदै जावलाखेल क्वार्टरफाइनलमा प्रबेश

ई-खेलकुद २०७६ कात्तिक ३ , आईतबार ०८:१० मा प्रकाशित

चितवन । पाहुना टोली युनाईटेड एफसी दार्जिलिङलाई हराउदै जावलाखेल युथ क्लब चितवनमा जारी जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पाहुना टोलीलाई ३–१ ले हराउदै जावलाखेलले अघिल्लो चरण यात्रा तय गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा ३ गोल गर्दै जावलाखेल विजयी भएको हो । जावलाखेलका लागि सुजित बुढाथोकीले २ तथा शक्ति राइले १ गोल गरे ।
युनाइटेडका शुभम क्षेत्रीले सान्त्वना गोल फर्काए । सुजीतले म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैया हात पारे । जावलाखेलले सेमीफाइनल प्रवेशका संकटा क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा भोली २ विभागीय टोली नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?