Logo

दशानायके प्रशिक्षकका रुपमा पुन नेपाल आउने

ई-खेलकुद २०७६ भदौ १७ , मंगलबार ०५:०९ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्ब प्रशिक्षक पुबुदु दशानायके पुन नेपाल आउने भएका छन् । श्रीलंकाली मुलका क्यानेडियन प्रशिक्षक आसन्न एभरेष्ट प्रिमियर लिग क्रिकेटमा भैरहबा ग्लाडिएटर्सको प्रशिक्षकका रुपमा नेपाल आउने भएका हुन् ।
भैरहवा ग्लाडियटर्सका मालिक आदित्य साँघाईले दशानायकेलाई आफुहरुले टोलीको मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो– हामीले केहि लामो समयका लागि दशानायकेलाई टोलीमा अनुबन्धन गरेका छौ । बिश्व चर्चित हस्तीहरुलाई टोलीमा राख्न पाउदा हर्षित पनि छौ ।
अमेरिकाको मुख्य प्रशिक्षकबाट गत महिना मात्र राजिनामा दिएका दशानायके पछिल्ला दिनमा जिम्मेबारबिहिन बनेका थिए । उनी आगामी डिसेम्बर अन्तिम साता नेपाल आउनेछन् । ईपीएल क्रिकेट भने फेब्रुअरीमा हुनेछ ।
नेपाली क्रिकेटलाई यो उचाईमा पुर्याउन महत्वपुर्ण भुमिका खेलेका दशानायके नेपाललाई दोस्रो घर मान्ने प्रशिक्षकका रुपमा रहेका छन् । भैरहवा ग्लाडीएर्टस शरद भेषावकरको कमानीमा रहेको टोली हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?