Logo

दशरथ रंगशालामा नेपाल र कुवेतबिचको खेल नहुने, भुटानमा गर्ने नेपालको प्रस्ताव

ई-खेलकुद २०७६ कात्तिक २१ , बिहीबार ०३:११ मा प्रकाशित

काठमाण्डौ । विश्वकप छनोट अन्र्तगत कुवेतबिरुद्धको खेलमा घरेलु मैदानमा नहुने भएको छ । दशरथ रंगशालाको पुर्ननिर्माणबारे एसीयाली फुटबल महासंघ एएफसीका पदाधिकारीले निरिक्षण गरे लगत्तै अखिल नेपाल फुटबल संघ एन्फाले बिज्ञप्ती जारी गरी कुवेतबिरुद्धको होम खेल नेपालमा नहुने बताएको हो । नेपाल र कुवेतबीचको खेल मंसिर ३ गते हुने तालिका थिए । तर दशरथ रंगशाला अन्तराष्ट्रिय मापदण्डको नभएको तथा चेन्जीङ रुम, भीआईपी प्याराफिट तथा अन्य कारण देखाउदै एएफसीले खेल हुन नसक्ने बताएपछि कुवेतबिरुद्धको खेल अयन्त्र सरेको हो ।
एएफसीको प्रतियोगिता समितिका प्रतिनिधि देङ् सिओ लोङले केहि दिन अघि रंगशालाको निरीक्षण गरी पुर्ननिर्माणको चरणमा रहेको दशरथ रंगशाला अयोग्य भएको रिर्पोर्टिङ एएफसी र फिफलाई गरेका थिए ।
अब नेपाल र कुवेतबीचको खेलका लागि न्युट्रल भेन्यु खोजिने एन्फाले जनाएको छ । एन्फाले भुटानको चाङ्लिमिथाङमा गराउने प्रस्ताव गरेपनि त्यसको जवाफ आउन बाँकि रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?