Logo

दक्षिण एसीयाली खेलकुद सागमा ३ हजार २ सय ९ खेलाडीले प्रतिस्पर्धा गर्ने

ई-खेलकुद २०७६ कात्तिक २२ , शुक्रबार ०६:११ मा प्रकाशित

काठमाण्डौ । नेपालमा आगामी मंसीर तेस्रो साता सुरु हुने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा सात मुलुकका कुल ३ हजार २ सय ९ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीमा निर्धारित समयावधीमा सातै मुलुकले बिभिन्न स्पर्धाका लागि खेलाडीको दर्ता गरेका हुन् । जसमा सबैभन्दा बढि नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सागमा २७ वटै खेलमा नेपालको सहभागीता रहनेछ । जसमा कुल ६ सय ४८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भारतबाट ४ सय ६१, पाकिस्तानबाट ४ सय १३, माल्दिभ्सबाट ३ सय ३२ र भुटानबाट सबैभन्दा कम १ सय ४२ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । सागमा भारत र पाकिस्तानले क्रिकेट टोली नपठाउने भएका छन् । त्यस्तै सहभागीको उपस्थिती न्युन हुने भएपछि पाराग्लाईडिङको स्पर्धा पनि नहुने भएको छ । दर्ता अबधीमा बंगलादेशले फुटबल टोलीको दर्ता नगरेको राखेपले जनाएको छ ।
दक्षिण एसीयाली खेलकुद साग मंसिर १५ देखि २४ गतेसम्म काठमाण्डौ र पोखरामा सञ्चालन हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?