Logo

दक्षिण अमेरिकी छनोटमा ब्राजिल अपराजित

ई-खेलकुद २०७८ जेठ २६ , बुधबार ०८:०६ मा प्रकाशित

एजेन्सी । फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । आज बिहान भएको खेलमा पाराग्वेलाई २–० ले हराउदै ब्राजिलले अपराजित यात्रालाई छैटौ चरणमा पनि जारी नै राखेको हो ।
ब्राजिलको जितमा नेयमार र लुकास पाक्वेटाले गोल गरे । खेलको चौंथो मिनेटमा गाब्रियल जिससको पासमा नेयमारले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नियमित समयमा १–० को अग्रता बनाएको ब्राजिलका लागि ईन्ज्युरी समयमा लुकासले अर्को गोल थप्दै टोलीलाई जित दिलाएका थि ।
ब्राजिल ६ खेलबाट १८ अंकसहित दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा कायम छ । दोस्रो स्थानको अर्जेन्टिनासंग समान खेलबाट १२ अंक छ । पाराग्वे भने ६ खेलबाट ७ अंक सहित छैटौं स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?