Logo

थ्रीस्टारले बंगलादेशमा शेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने

ई-खेलकुद २०७६ असोज ५ , आईतबार १२:०९ मा प्रकाशित

काठमाण्डौ । ए डिभिजन क्लब थ्रीस्टारले बंगलादेशमा हुने शेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबल खेल्ने भएको छ । बंगलादेशको प्रतिष्ठित सो प्रतियोगितामा टोलीको सहभागीता निश्चित भएको क्लबले जनाएको छ । आफ्नो बार्षिक अधिबेशनका अवसरमा क्लबले प्रतियोगिताको तयारी केहि दिनमै हुने जानकारी गराएको हो । बंगलादेश फुटबल फेडेरेसनको आयोजनामा हुने प्रतियोगिता कात्तिक २ देखि १३ गते सम्म चटगावमा हुनेछ ।
तेस्रो संस्करणको प्रतियोगितामा दक्षिण एसियाका बिभिन्न ८ क्लबको सहभागीता रहनेछ । नेपालको थ्री स्टारसंगै बंगलादेशको चटगाव अबहानी, बसुन्धरा किङ्स, ढाका अबहानी, भारतको मोहन बगान, मोहमादेन स्पोर्ट्स क्लब र माल्दिभ्सको टीसी स्पोर्ट्सले प्रतियोगितामा सहभागीता जनाउने छन् ।
प्रतियोगिताका लागि थ्रीस्टारले टोलीको तयारी केहि दिनमै थाल्ने समेत जनाएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?