Logo

थ्रीस्टारलाई हराउदै आर्मी तालिकाको तेस्रो स्थानमा

ई-खेलकुद २०७६ पुस १६ , बुधबार ०५:०१ मा प्रकाशित

काठमाण्डौ । बलियो प्रतिद्धन्दी थ्रीस्टारलाई हराउदै विभागीय टोली त्रिभुवन आर्मी सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा थ्रीस्टारलाई २–० ले हराउदै आर्मीले दोस्रो स्थानको मछिन्द्रसंग अंक बराबरी गरेको हो । ४ खेलबाट ९ अंक जोडेको आर्मी गोल अन्तरमा मछिन्द्रभन्दा पछि परेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ५४ औ मिनेटमा नबयुग श्रेष्ठको गोलबाट खेलमा अग्रता बनाएको आर्मीका लागि ७९ औ मिनेटमा सन्तोष तामाङले अर्को गोल थपेका थिए । डिबक्सबाहिरको कर्नर क्षेत्रमा पाएको फ्रिकिकको अवसरलाई उनले सिधै जाली चुमाए ।
दोस्रो हाफमा थ्रीस्टारले केहि राम्रा अवसर पाएपनि अग्रपक्ति त्यसमा चुकेको थियो । हारसंगै शीर्ष स्थानको मनाङसंग अंक बराबरी गर्ने थ्रीस्टारको योजना पनि चकनाचुर भएको छ । जारी सिजन उसको यो पहिलो हार हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?