Logo

त्रिबेणी गोल्डकपको २८ औ संस्करण पौष १२ गतेबाट

ई-खेलकुद २०७६ पुस १ , मंगलबार ०९:१२ मा प्रकाशित

लम्जुङ । त्रिवेणी गोल्डकपको २८ औ संस्करण आगामी पौष १२ गतेबाट सुरु हुने भएको छ । लम्जुङको बेसीशहरमा हुने प्रतियोगितामा सहभागी टोलीको टुंगो भने लागि सकेको छैन् । पौष १० गतेसम्म टिम दर्ताको मिति राखिएकाले त्यसपछि मात्र गोल्डकपमा सहभागी हुने टोलीको टुंगो लाग्ने आयोजक त्रिबेणी युवा क्लबले जनाएको छ । विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैया प्राप्त गर्ने प्रतियोगिताका सबै खेल बेशीशहरस्थित साहाजी स्पोटर्स क्लबको खेल मैदानमा हुनेछ । प्रतियोगिताको सेमिफाईनलमा पुग्ने टोलीले ५० हजार रुपैया हात पार्नेछन् । सर्बाधिक गोलकर्ता र सर्बोत्कृष्ट खेलाडीले जनहि १५ हजार पाउने आयोजकले जनाएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?