
काठमाण्डौ । सिंगापुरमा जारी त्रिकोणात्मक टि–२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले अहिले टेष्ट राष्ट्र जिम्बावेसंग प्रतिस्पर्धा गरिरहेको छ । सिंगापुरस्थित ईण्डियन एसोसिएसन क्रिकेट मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि जिम्बावे ब्याटिङमा उत्रिएको छ ।
सुरुवाती २ खेलमा एक जित र एकमा हार भोगेको नेपाल, सिरिजमा दोस्रो जित निकाल्दै उपाधिनजिक पुग्ने योजनामा रहेको छ । पहिलो खेलमा जिम्बावेसंग ५ विकेटको हार भोगेको नेपालले दोस्रो खेलमा घरेलु टोलीलाई ९ विकेटको फराकिलो अन्तरले हराएको थियो ।
आयोजक सिंगापुरसंग दोस्रो खेलमा ४ रनको हार भोगेको जिम्बावे नेपालबिरुद्ध जितको श्रृखला जारी राख्ने लक्ष्यमा मैदान उत्रिएको छ ।
सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले भोली आयोजक सिंगापुरसंग प्रतिस्पर्धा गर्नेछ ।
