Logo

त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आयोजक सिगांपुरसंग प्रतिस्पर्धा गर्दै  

ई-खेलकुद २०७६ असोज ११ , शनिबार ०९:०९ मा प्रकाशित

काठमाण्डौ । सिंगापुरमा जारी त्रिकोणात्मक टि–२० सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक सिंगापुरसंग प्रतिस्पर्धा गर्दैछ । सिंगापुर क्रिकेट संघको आयोजनामा जारी सिरिजको दोस्रो खेलमा नेपाल र सिगापुर भिड्न लागेका हुन् । सिंगापुरस्थित ईण्डियन एसोसिएसनको मैदानमा नेपाली समयानुसार साँझ सवा ५ बजे प्रतिस्पर्धा सुरु हुनेछ । दुबै टोली पहिलो जितको खोजिमा रहेका छन् । पहिलो खेलमा हिजो जिम्बावेसंग पाँच विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा जित हात पार्ने योजनामा रहेको छ । सिगांपुर भने पहिलो खेलबाटै सुखद सुरुवात गर्ने योजनामा रहेको छ ।

टि ट्वान्टी विश्वकपको एसियाली छनोटमा भोगेको हारको बदला लिने अवसर नेपाललाई रहदा सिगांपुर भने नेपालबिरुद्द जितको श्रृखला जारी राख्ने योजनामा रहेको छ । डबल राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगीतामा एक टोलीले ४ खेल खेल्नेछन् ।  प्रतियोगिताको विसी स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?