Logo

त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल, जिम्बावेसंग पराजित

ई-खेलकुद २०७६ असोज १४ , मंगलबार ०८:१० मा प्रकाशित

काठमाण्डौ । सिंगापुरमा जारी त्रिकोणात्मक टि–२० सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । आज भएको खेलमा जिम्बावेले नेपाललाई ४० रनले हराएको हो ।
जिम्बावेले दिएको १ सय ६१ रनको चुनौती पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो । नेपालका लागि बिनोद भण्डारीले सर्बाधिक ३३ रन बनाए । कमजोर सुरुवात गरेको नेपालले ओपनर पवन सर्राफलाई शुन्य रनमा गुमाएको थियो । दिपेन्द्र सिंह ऐरी ४ र कप्तान पारस खड्का १२ रनमा आउट भए । केहि लय समाएका आरिफ शेख २५ रनमा पभेलियन फर्किए । करण केसीले १८ र कुशल मल्लले ५ रन जोडे ।
यसअघि सिंगापुरस्थित ईण्डियन एसोसिएसन क्रिकेट मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको जिम्बावेले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार पारेको थियो ।
कमजोर सुरुवात गरेको जिम्बावेको ईनिङस मध्यक्रमका ब्याट्सम्यानले उकासेका थिए । कप्तान सिन विलियम्सले सर्बाधिक ५३ रन बनाएको जिम्बावेका लागि रायन र्बुलले अबिजित २८, पिजे मुरले २१ र सिटि मुटोम्बोड्जीले २० रन बनाए ।
नेपालका सोमपाल कामी र सन्दिप लामिछानेले समान २ तथा अबिनास बोहोरा र पारस खड्काले समान १ विकेट लिए । सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले भोली आयोजक सिंगापुरसंग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?