Logo

त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा जिम्बावे र सिंगापुर भिड्दै

ई-खेलकुद २०७६ असोज १२ , आईतबार ०८:०९ मा प्रकाशित

एजेन्सी । सिंगापुरमा जारी त्रिकोणात्मक टि–२० सिरिजको तेस्रो खेलमा आज आयोजक सिंगापुर र जिम्बावेबिच प्रतिस्पर्धा हुदैछ । सिंगापुरस्थित ईण्डियन एसोसिएसन क्रिकेट मैदानमा नेपाली समयानुसार साँझ सवा ५ बजे यी २ राष्ट्रबिचको प्रतिस्पर्धा सुरु हुनेछ । पहिलो खेलमा नेपाललाई ५ विकेटले हराएको जिम्बावे घरेलु टोलीलाई पनि हराउदै सिरिजमा जितको श्रृखला जारी राख्ने योजनामा रहेको छ । आफ्नो पहिलो खेलमा हिजो नेपालसंग ९ विकेटले पराजित भएको सिंगापुर दोस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ । टिम डेभिड कमानीको घरेलु टोलीलाई बलियो टोली जिम्बावेबिरुद्ध जित निकाल्न निक्कै मेहनत आवश्यक छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा चल्ने सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले मंगलबार जिम्बावेसंग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?