Logo

त्रिकोणात्मक सिरिजको उद्घाटन खेलमा नेपाल र जिम्बावे भिड्दै

ई-खेलकुद २०७६ असोज १० , शुक्रबार ०६:०९ मा प्रकाशित

काठमाण्डौ । सिंगापुरमा आजबाट सुरु हुने त्रिकोणात्मक टि–२० सिरिजको उद्घाटन खेलमा नेपालले टेष्ट राष्ट्र जिम्बावेसंग प्रतिस्पर्धा गर्दैछ । सिंगापुर क्रिकेट संघको आयोजनामा हुन लागेको सिरिजको उद्घाटन खेलमा नेपालले बलियो टोलीसंग प्रतिस्पर्धा गर्न लागेको हो । सिंगापुरस्थित ईण्डियन एसोसिएसनको मैदानमा नेपाली समयानुसार साँझ सवा ५ बजे प्रतिस्पर्धा सुरु हुनेछ । दुबै टोली आजको खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा रहेका छन् ।
खेलमा नेपाल नियमित कप्तान पारस खड्का र जिम्वावे सेन विलियम्सको कमानीमा मैदान उत्रनेछ । डबल राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगीतामा एक टोलीले ४ खेल खेल्नेछन् । दोस्रो खेलमा नेपालले आईतबार सिंगापुरसंग प्रतिस्पर्धा गर्नेछ । तेस्रो खेलमा मंगलबार जिम्बावे र अन्तिम खेलमा बुधबार घरेलु टोली सिंगापुरसंग खेल्दै सिरिज टुङग्याउने छ । प्रतियोगिताका सबै खेल विसी स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्ने सिंगापुर क्रिकेट संघले जनाएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?