Logo

त्रिकोणात्मक सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध

ई-खेलकुद २०७८ वैशाख ६ , सोमबार ०९:०४ मा प्रकाशित

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिजका बाँकि खेलमा दर्शकले प्रबेश नपाउने भएका छन् । मन्त्रीपरिषदको आज बसेको बैठकले गरेको निर्णयका आधारमा नेपाल क्रिकेट संघ क्यानले बाँकि खेल दर्शकबिहिन रुपमा खेलाउने निर्णय गरेको हो । क्यानका महासचिव अशोक नाथ प्याकुरेलले आज एक विज्ञप्ति जारी गरी सरकारको आदेश पालना गर्दै भोलीबाट दर्शकको उपस्थितिमा प्रतिवन्ध लगाईएको उल्लेख गर्नुभएको छ ।

सरकारले आज २५ जना भन्दा बढी उपस्थित नहुन र दर्शक सहितको प्रतियोगिता सञ्चालनमा प्रतिवन्ध लगाएपछि बाँकी खेल बिना दर्शक खेलाईने भएको हो । प्रतियोगितामा फाइनल सहित चार खेल बाँकी छन् ।

 

क्यान त्रिकोणात्मक सिरिज

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?