
एजेन्सी । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेदरल्याण्ड्सले आयरल्याण्डलाई पराजित गरेको छ । डुब्लीनमा आज भएको खेलमा आयरिस टोलीलाई ६ विकेटले हराउदै डच टोलीले सिरिजको दोस्रोे जित हात पारेको हो ।
आयरल्याण्डले दिएको १ सय ८२ रनको उच्च चुनौती नेदरल्याण्ड्सले ५ बल अगावै ४ विकेट गुमाएर भेट्टायो । उसको जितमा वेन कोपरले नटआउट ९१ र म्याक्स ओडोएडले ६९ रनको योगदान गरे । आयरल्याण्डका जर्ज डकरेलले ३ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको आयरल्याण्डले ७ विकेट गुमाएर १ सय ८१ रनको उच्च योगफल तयार पारेको थियो । हेरी टेक्टरले ६० र एण्डी वेलबिर्नेले ४५ रन बनाएको आयरिस ईनिङसमा केभिन ओब्रिएनले ३० रन बनाए ।