Logo

त्रिकोणात्मक टि–२० सिरिज खेल्न नेपाली टोली आज सिंगापुर जादै

ई-खेलकुद २०७६ असोज ८ , बुधबार ०७:०९ मा प्रकाशित

काठमाण्डौ । जिम्बावेसमेत सहभागी त्रिकोणात्मक टि–२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर जादैछ । शुक्रबारबाट सुरु हुने सिरिज खेल्न पारस खड्का कमानीको टोली राती सवा १० बजे सिंगापुर जान लागेको हो । सिंगापुरले आयोजना गरेको सिरिजमा कुल ६ खेल हुनेछन् । जसमा एक राष्ट्रले ४ खेल खेल्नेछन् । शुक्रबार टेष्ट राष्ट्र जिम्बावेसंग खेल्दै नेपालले सिरिजको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले शनिबार सिंगापुरसंग खेल्नेछ । तेस्रो खेलमा मंगलबार जिम्बावेसंग खेल्ने नेपालले अन्तिम खेलमा बुधबार घरेलु टोलीको सामना गर्नेछ ।
प्रतियोगिता खेल्न वेष्टईण्डिजमा रहेका लेगस्पिनर सन्दिप लामिछाने पनि उतैबाट सिंगापुर आउनेछन् । क्यारेबियन प्रिमियर लिग सीपीएलमा रहेका लामिछाने हिजै सिंगापुरका लागि उडेको टोलीका टिम म्यानेजर रमन सिवाकोटीले जानकारी दिनुभयो ।
सिंगापुर भ्रमणपछि नेपाली टोली ओमानले आयोजना गरेको ५ राष्ट्र सहभागी टि–२० सिरिज खेल्न ओमान जाने छ । ओमानमा नेपालले आयोजकसंगै आयरल्याण्ड, नेदरल्याण्ड्स, हङकङ र युएईसंग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?