
काठमाण्डौ । नेपाली पौडीबाज गौरिका सिंह १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेस्रो स्वर्ण जित्न चुकेकी छिन् । ललितपुरको सातदोबाटोमा आज भएको १ सय मिटर ब्याकस्ट्रोक्समा उनी रजत पदककै सिमित बनेकि हुन् । सो स्पर्धामा भारतकी मन्ना राजिव पटेलले १ मिनेट २ दशमलव २५ सेकेण्डको टाईमिङ निकाल्दै स्वर्ण जितिन् ।
गौरिकाले १ मिनेट ३ दशमलव १५ सेकेण्डको टाईमिङ निकालिन । यो स्पर्धामा भारतले कास्य पदक हात पारेको छ । यस अघि गौरिकाले २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।
