Logo

तेस्रो स्थानका लागि नेपाली युवा टोली र ईण्डिया सीबिच प्रतिस्पर्धा जारी, ईण्डिया ब्याटिङमा

ई-खेलकुद २०७६ मंसीर १ , आईतबार ०९:११ मा प्रकाशित

काठमाण्डौ । भारतमा जारी च्यालेन्जर्स ट्रफि क्रिकेट प्रतियोगीताको तेस्रो स्थानका लागि नेपाली युवा टोलीले अहिले ईण्डिया सी संग प्रतिस्पर्धा गरिरहेको छ । ४ टोली सहभागी प्रतियोगीतामा पुछारमा रहेका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् । विजयवाडास्थित क्रिकेट मैदानमा टस जितेको ईण्डिया सीले ब्याटिङ थालेको छ ।
समुहचरणका सबै खेल पराजित भएको नेपाल पहिलो जितसंगै प्रतियोगीता टुङग्याउने लक्ष्यमा रहेको छ । यसअघिको भेटमा ईण्डिया सीसंग नेपाली युवा टोली फराकिलो अन्तरले पराजित भएको थियो । घरेलु टोली आफ्नो सोहि लय कायम राख्ने योजनामा रहेको छ । च्यालेन्जर्स ट्रफिको उपाधिका लागि आजै ईण्डिया ए र बी आमने सामने हुनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?