Logo

तेस्रो मैत्रीपुर्ण खेलमा नेपाल र बहराईको बराबरी

ई-खेलकुद २०७६ पुस ४ , शुक्रबार ०९:१२ मा प्रकाशित

काठमाण्डौ । बहराईनसंगको तेस्रो मैत्रीपुर्ण खेलमा नेपाली अण्डर १९ महिला टोलीले बराबरीको नतिजा निकालेको छ । बहराईनमा गएराती भएको खेलमा नेपालले घरेलु टोलीसंग एक एकको बराबरी खेलेको हो । तेस्रो खेलमा नेपालका लागि सविता राना मगरले गोल गरिन् ।
यसअघिका दुबै खेलमा नेपाल विजयी भएको थियो । पहिलो खेलमा ४–२ को जित हात पारेको नेपालले दोस्रो खेलमा ३–० को सहज जित निकालेको थियो । योसंगै बहराईन भ्रमणका क्रममा नेपालले २ जित र एक बराबरीको नतिजा निकालेको छ । बहराईन फुटबल संघ र अखिल नेपाल फुटबल संघ एन्फाको समन्वयनमा नेपालले बहराईनसंग ३ खेलको मैत्रीपुर्ण फुटबल खेलेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?